काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा दण्डहीनताले प्रश्रय पाएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेता कोइरालाले तीन वटै अदालतले दोषी करार गरेको टीकापुर घटनाका रेशम चौधरीलाई सरकारले आम माफी दिनुले मुलुकमा दण्डहीनता बढेको महशुस भएको बताएका हुन ।
हामी कहाँ दण्डहीनता पनि बढ्दै गएको चिन्ता लागिरहेको भन्दै अहिले भर्खरै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले मसी सुक्नै नपाउँदै माफी दिनुलाई हामिले कसरी हर्ने भन्दै प्रश्न समेत गरे
सर्वोच्चले दोषी करार गरेको मसी पनि सुक्न नपाउँदै आम माफी दिनुले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको उनको भनाई छ ।