Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आर्थिक मन्दी असर

मौलिक सभ्यता बोकेको "मगर्स किचन" बन्यो रुग्न


२७, जेठ २०८०
  • 344
    SHARES
  • मौलिक सभ्यता बोकेको "मगर्स किचन" बन्यो रुग्न


    बुटवल । परम्परागत मौलिक सभ्यता बोकेकोे कंक्रिट शहरको बिच भागमा केहि समय अगाडि जन्मिएको छुट्टै पहिचान झल्किने आर्कषक एवं नयाँ पिँढीहरुको संग्राहालय, नयाँका लागि र बाह्य पर्यटकहरुको एउटा अध्ययन गन्तव्यको विगुल बोकेको बुटवलको "मगर्स किचन" पछिल्लो समय देशमा खट्किएको चरम आर्थिक मन्दीका कारण बन्द हुन पुगेको छ । सञ्चालनमा आएपछि छोटो समयमै चर्चामा आउन सफल किचनमा ताला लागेको हो । आर्थिक मन्दी मात्रै होइन स्थानीय तहको उदाशिनताका कारण तीन बर्षमै ताला लाग्न पुग्दा बुटवलको एउटा पर्यटकिय गन्तव्यमा कालो बादल लाग्न पुगेको छ ।

    २०७६ साल फागुन २१ गते स्थापना भएको मगर्स किचनका सञ्चालक सञ्जय काउचाले आर्थिक मन्दीका कारण चलाउन नसकेर बन्द गर्न पुगेको बताएका छन् । बजारियाहरुका लागि नेपालको पहाडिया घर लगायत खानपान, रितीरिवाज लगायतलाई समेटिएको किचन बन्द भएपछि सञ्चालक काउचा पलायन हुने बाध्यतामा पुगेका छन्। उनि भन्छन्, पहिले विदेश बसेर आएको हुँ, अव नेपालमा नैै केही गर्छु भनेर, सोही अनुसार मौलिक पहिचानको गौरवलाई बचाई राख्नेगरी अगाडि बढे, तर जुन उद्देश्य बोकेर खोले त्यो अनुसार नभई ठिक उल्टो भएपछि स्थानीय तहलाई आधा स्वामित्व हुनेगरी समन्वय गर्न आग्रह गरे, प्रदेश सरकारलाई पनि अनुनय गरे तर विडम्वना दुवै सरकारले कुनै चासो नदिएपछि लकडाउनदेखि घाटा ब्यहोर्न पुग्दा ऋणमा फसे, अब चलाउन गाह्रो भयो । त्यसैले बन्द गर्न पुगेको हुँ । 

    किचनमा गाउँले मदुस, टेप रेकर्ड, मोही पार्ने ठेकी, मुवालो, भरुवा बन्दुक, सिरुपाते खुकुरी, ढिकी जाँतो, कोक्रो, ठुन्से जस्ता धेरै सामाग्रीहरुको सजावटले मगर किचेन जाने जो कोहीलाई विगतमा पहाडमा मेलापात गएको, खेतबारी खनजोत गरेको, रोदी बसेको झल्को दिलाउने बनाईएको छ। शुरुमा ५४ लाख रुपैयाँ लगानीबाट सञ्चालन गरिएको मर्गस किचनलाई संरक्षण तथा प्रर्वद्धन गर्न तर्फ कुनै निकायले ध्यान नदिएपछि बन्द गर्नुको  विकल्प नभएको काउचाको दुखेसो छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend