Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

डीएलएमा गगन थापा निकटकै विजयी


२८, जेठ २०८०
  • 215
    SHARES
  • डीएलएमा गगन थापा निकटकै विजयी

    चितवन । नेपाली काँग्रेस निकट कानून व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एसोसिसन (डीएलए) मा यस पटक कुनै प्यानल बिना निर्वाचन भएको छ । काँग्रेसका अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठनहरुमा पार्टीकै समूह अनुसारको प्यानल बन्ने गरे पनि डीएलएमा भने प्यानल बनाउन निषेध गरिएको थियो । प्यानल बनाउन नपाएपछि व्यक्तिगत रुपमा भएको निर्वाचनमा अधिकांश कांग्रेस महामन्त्री गगनकुमार थापा निकट उम्मेदवारहरु विजयी भएका छन् । 

    यसअघि इन्जिनियर्स एसोसिएसनमा पनि अधिकांश महामन्त्री थापा निकटकै उम्मेदवारहरु विजयी भएका थिए । काँग्रेसका अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठनमा थापा निकट उम्मेदवारहरु लोकप्रिय देखिएका छन् । त्यस्तै एक वर्षअघिदेखिको हिसाब गर्दा शिक्षक संघ र नेपाल प्रेस युनियनमा पनि गगन पक्षकै नेतृत्वले जित हासिल गरेको थियो । 

    चितवनको रत्ननगरमा शुक्रबारदेखि शुरु भई शनिबार मतदान भएको डीएलएको ११औँ महाधिवेशनबाट वरिष्ठ अधिवक्ता सीताराम केसी अध्यक्षमा विजयी भएका छन् । उनलाई निवर्तमान महासचिव लक्ष्मीदेवी दाहाल रावलले पछ्याएकी थिइन् । अध्यक्षमा केसी र दाहालसँगै केदार कार्की, लक्ष्मण थपलिया र कृष्ण घिमिरे भुषणले पनि प्रतिस्पर्धा गरेका थिए । 
     
    निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल र महिला उपाध्यक्षमा कविता थापा कार्की विजयी भएका छन् । त्यसैगरी हरेक प्रदेशबाट एक एक जना केन्द्रीय उपाध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार कोशीबाट कविता बस्नेत, मधेसबाट रमानन्द शाह, बागमतीबाट जनकराज श्रेष्ठ, गण्डकीबाट भूमिश्वर शर्मा गौतम, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका छन् । 

    डीएलएको महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी, सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना र कोषाध्यक्षमा हरिबहादुर बस्नेतले जित हासिल गरेका छन् । त्यसैगरी केन्द्रीय सदस्यमा अफताब आलम, गोविन्दराम परियार, प्रविण महर्जन, सतेन्द्र प्रजापती, अमितकुमार कर्ण, सुनील पाण्डे, दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना चिरन, किरण पौडेल, चक्रबहादुर थापा, दुर्गाप्रसाद पोखरेल, प्रज्वल अधिकारी, विनोद अधिकारी, हरिप्रसाद रेग्मी, हरिप्रसाद पन्त, विष्णुकुमारी शर्मा, भरतबहादुर सिंह, सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमलराज शाही र विष्णु खनाल निर्वाचित भएका छन् ।  

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend