Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

राप्तीको चरम दोहन असरः सिंचाई प्रणाली संकटमा


२८, जेठ २०८०
  • 273
    SHARES
  • राप्तीको चरम दोहन असरः सिंचाई प्रणाली संकटमा

    लमही । कुनै समय राप्ती नदीमा पानीको मात्रा बढि थियो । माछा र जलचर जीवको बासस्थान राम्रो थियो । नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयहरुले माछा मारेरै जीविका चलाउँथे तर अचेल राप्तीमा पानी वगेको नभई डोजर, टिप्पर चलेको आवाज मात्रै सुन्न र देख्न सकिन्छ ।

    दाङको देउखुरी उपत्यकामा रहेका चारवटा स्थानीय तहसँगै छिमेकी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिकाले पनि राप्ती नदीकै ढुंगागिट्टीमा आँखा गाडेपछि जथाभावी उत्खनन् बढेको पाईएको छ । दैनिक दर्जन स्क्याभेटर तथा जेसिवीले उत्खनन् गर्ने र दर्जनौं ट्याक्टर, टिप्परहरुले नदीजन्य पदार्थ ओसारपसार गर्ने क्रम जारी छ । अप्राकृतिकरुपमा भइरहेको उत्खननले जस्तोसुकै जोखिम समेत नित्याउन सक्ने विज्ञहरुको भनाई छ । नदीजन्य पदार्थको उत्खननमा ठेकेदार सामु देखिएका जनप्रतिनिधि निरीह जस्तै बनेका छन् । जथाभावी भइरहेको उत्खनन् टुलुटुलु हेरेर बस्नुको विकल्प छैन् । चरम दोहनका कारण राप्ती नदीमा आश्रित सिंचाई आयोजना समेत संकटमा परेको छ ।

    बड्कापथ सिंचाई आयोजनाको ५ हजार ८ सय हेक्टर जमिन राप्तीकै पानीले सिंचित हुने गरेको छ । नदीमा भइरहेको अप्राकृतिक उत्खननले नदीको सतह गहिरो हुन पुगेको छ । राजश्व उठाउने नाममा प्राकृतिक स्रोत साधनको दोहन गर्न स्थानीय सरकारले नै अनुमति दिने गरेका छन् । राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले आन्तरिक राजश्व संकलनको प्रमुख स्रोत नदीजन्य पदार्थलाई केन्द्रित गरेकै कारण केही वर्षयता राप्ती नदी जोखिममा पर्दै गएको छ।

    ‘पहिला पानी इन्टेकमा सहजै चढ्थ्यो । नदीमा प्रशस्त पानी हुन्थ्यो । अचेल नदीमा धुलो उड्छ’– स्थानीय किसान राम चौधरीले भने– ‘मेसिनले उत्खनन् गर्दा नदीको पानीको सतह हराउन थाल्यो। हरेक वर्ष सिंचाईको लागि पानीको दुःख बढ्दै गएको छ । कुलो खन्ने नाममा नदीजन्य पदार्थकै उत्खनन् गरिएको छ भने अन्य पालिकाले पनि नदीलाई नै दोहनको केन्द्र बनाएपछि समस्या बल्झिदै गएको छ । ‘दोहनले गर्दा राप्ती पुल समेत जोखिममा परेको छ । नदीको सतह गहिरिदै गएको स्थानीय डिल्ली सुवेदीको भनाई छ । उनका अनुसार सिंचाई र तटबन्धमा प्रत्यक्ष असर परेको छ तर स्थानीय सरकार बिचौलियाको प्रभावमा पर्दा दोहन बढेको बढ्यै छ ।

    नदीलाई प्राकृतिकरुपमै बग्न दिनुपर्ने सुझाव संरक्षणकर्मीहरुको छ । पानीविज्ञ भास्कर चौधरीले नदीलाई प्राकृतिक वहावमै बग्न दिनुपर्ने, यसो नगर्दा विपत निम्तन सक्ने बताए । नदीसँग अप्राकृतिक व्यवहार ग¥यौं भने त्यसले पनि आफ्नो अप्राकृतिक रुप देखाउँछ’– उनले भने– ‘जथाभावी उत्खननले नदीको प्राकृतिक पनमा ह्रास ल्याउँछ । नदीले धार परिवर्तन ग¥यो भने विपतलाई निम्तो दिएको मानिन्छ । त्यसैले समयमै सोच्न ध्यानाकर्षण गराए ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend