Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पर्यटन मन्त्रालयमा बिनियोजित बजेटमा प्रदेशको नाम उल्लेख नगरेकोमा एमालेको आपत्ति


३, असार २०८०
  • 117
    SHARES
  • पर्यटन मन्त्रालयमा बिनियोजित बजेटमा प्रदेशको नाम उल्लेख नगरेकोमा एमालेको आपत्ति

    काठमाण्डाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पर्यटन मन्त्रालय अन्तर्गत बिनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेको भन्दै आपत्ति जनाएको छ । 

    प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा पर्यटन मन्त्रालय अन्तर्गत बिनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम नराखी प्रदेश १, २, ३ लेखिएको भन्दै आपत्ति जनाएको हो । मन्त्रालयगत बजेटको छलफल सुरु हुने बितिकै एमाले सचेतक महेश बर्तौलाले प्रदेशको नामाङ्करण भइसकेको अवस्थामा त्यसलाई संघीय संसदले अस्वीकार गरेर संख्याका आधारमा प्रदेशलाई उल्लेख गरिनु उचित नभएको बताए । उनले प्रदेशको नाम अंकमा लेखेको बिषयलाई सुधार गरे मात्रै छलफल अघि बढ्ने बताएपछि पर्यटनमन्त्री सुदन किराँतीले प्रदेशको नाम अंकमा लेखेको बिषयलाई भुल सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

    तर एमाले सांसदहरुले प्रदेशको नाम नै उल्लेख गरेर बजेट पुस्तिका आउनुपर्ने अन्यथा छलफल अघि बढ्न नसक्ने अडान राखेपछि सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूचीबाट पर्यटन मन्त्रालयको मन्त्रालयगत छलफल गर्ने कार्य सूचि हटाएका थिए । त्यसपछि अन्य मन्त्रालय माथिको बजेटमा छलफल भएको छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend