Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सुदुरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंह दुर्घटनामा, अवस्था गम्भीर


५, असार २०८०
  • 133
    SHARES
  • सुदुरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंह दुर्घटनामा, अवस्था गम्भीर

    बझाङ । बझाङमा सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सु.प.प्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट गृहजिल्ला चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट करिव ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटना ग्रस्त भएको मन्त्रीका प्रेस सल्लाहकार ललित सिंहले जनाएका छन् । 

    दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । गाडीका सवार मन्त्री सिंहकी श्रीमती, भाउजु, पिएसो र ड्राईभर घाईते भएको सल्लाहकार सिंहले बताएका छन् । उनका अनुसार मन्त्री सिंहसहित श्रीमति र भाउजुको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा र अन्य ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको र थप उपचारका लागि हेलिकोप्टर मार्फत लैजाने तयारी रहेको बझाङ प्रहरीले जनाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend