बुटवल । समयमै पानी नपर्नाले सबैतिर गर्मी बढेको छ । पहाडतिर गर्मिको त्यतिचाप कम रहेपनि तराई क्षेत्रमा निकै गर्मी बढेको छ ।
अत्यधिक गर्मीको कारणले यस क्षेत्रमा बसोबास गर्ने मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको छ । बिरामीको संख्या पनि ह्वात्तै बढेको छ ।
गर्मी बढी रहेकोले जल तथा मौसम बिज्ञान महाशाखाले बाहिर नहिड्न अनुरोध गरेको छ ।