Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अत्याधुनिक बसपार्क बन्यो टिकटक पार्क


७, असार २०८०
  • 215
    SHARES
  • अत्याधुनिक बसपार्क बन्यो टिकटक पार्क

    बाँके । तीस करोड रुपैयाँ लागतमा निर्माण भएको बाँकेको कोहलपुरस्थित अत्याधुनिक सुविधा सम्पन्न बसपार्क चारपटक टेण्डर आह्वान गर्दा पनि कुनै व्यवसायीले सञ्चालनका लागि रुचि देखाएका छैनन् । मासिक दुई लाखसम्मको भाडा महंगो भएको व्यवसायीहरुको भनाई छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नचलेको बेला महंगो भाडा तिरेर बसपार्क सञ्चालन गर्न नसकिने उनीहरुको भनाई छ । बसपार्क सञ्चालनका लागि कोहलपुर नगर विकास समितिले पटक–पटक टेण्डर आह्वान गरेको भएपनि तर कुनै व्यवसायीले तयार नभएको पाईएको छ।

    ‘चौथो पटक ग्लोवल टेण्डर आह्वान गर्दा पनि ठेक्का लाग्न नसकेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताएका छन् । टेण्डर सकिन केहि दिन बाँकी रहेको उनले बताए । कोहलपुर नगर समितिले झण्डै ३० करोड लागतमा लामो दुरीको बसपार्क निर्माण गरेको हो । नगर बिकास कोष मार्फत झण्डै २० करोड ऋण र १० करोड नगर बिकास समितिको लगानीमा निर्माण सम्पन्न भई गत चैत्र महिनामा पहिलो पटक टेण्डर आह्वान गरिएको थियो । समग्र व्यवस्थापन प्रबेश, टिकट काउन्टर, शौचालय र पार्किङ शुल्क भन्दै मुल्य अभिवृद्धि कर बाहेक प्रतिबर्ष न्युनतम मुल्य ९६ लाख ८६ हजार ४ सय राखेर टेण्डर आह्वान गरिएको थियो । तर पनि टेण्डर प्रक्रियामा जान सकेको छैन् ।

    कोहलपुर–११ मा छोटो दुरीको बसपार्क बागेश्वरी यातायात प्रालिले टेण्डरमा सञ्चालन गरिरहेको छ । मासिक झण्डै २ लाख भाडा तिर्ने गरि सो बसपार्क सञ्चालनमा आएको हो । बागेश्वरी यातायात प्रालिका महासचिव टंक बस्यालले टेण्डर रकम बढि भएकाले व्यवसायीले हातहाल्ने अवस्था नरहेको बताए । उनले एक बसपार्क सञ्चालन भईरहेको अवस्थामा अर्को बसपार्क सञ्चालन हुने अवस्था समेत नरहेको बताए । ३ बर्ष अघि मात्रै करोडौको लागतमा निर्मित छोटो दुरीको बसपार्क सञ्चालनमा छ । कोहलपुरका एक स्थानिय भन्छन्, करोडौंको बसपार्क अहिले टिकटक बनाउने पार्क बनेको छ । उनले दैनिक युवायुवतीहरु समाजिक सञ्जालमा टिकटक बनाउनै भिड हुने गरेको बताए । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend