बुटवल । बुटवलको कालिकापथ र अमरपथमा रात्रीकालीन बजार सञ्चालन हुने भएको छ ।
बुटवल उपमहानगरको विहिवार गरिएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको आर्थिक गतिविधि थप चलायमान एवं गुल्जार बनाउन कालिकापथ, अमरपथलगायत आवश्यक स्थानमा रात्रीकालीन बजार सञ्चालन गरिने बताएका हुन् ।
तर नीति तथा कार्यक्रममा भने कजार सञ्चालन गर्दा सुरक्षा व्यवस्थाको प्रबन्ध गरिने, रात्रीकालिन बजार गर्दा अपराधलाई निरुत्साहित गर्ने कुरा भने प्रस्तुत गरिएको छैन् ।