Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

माछा मार्न गएका दुई जनाको खोलामा डुबेर मृत्यु


इ खबर
८, असार २०८०
  • 150
    SHARES
  • माछा मार्न गएका दुई जनाको खोलामा डुबेर मृत्यु

    जाजरकोट । जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ। जिल्लाको छेडागाड नगरपालिका-१ स्थित छेडाखोलामा माछा मार्ने क्रममा जालमा बेरिएर दुई जनाको ज्यान गएको हो। 

    प्रहरीका अनुसार छेडागाड नगरपालिका-१ का ५० वर्षीय नरबहादुर नेपाली र शिवालय गाउँपालिका-९ का ४९ वर्षीय धनबहादुर बुढाको डुबेर ज्यान गएको हो। 

    लेकतिर पानी परेका कारण छेडाखोला केही बढेको र धमिलो थियो। धमिलो पानीमा माछा मर्ने भएकाले ति दुई जना जाल लिएर बिहीबार दिउँसो खोलामा गएका थिए। 

    जाल खेल्ने क्रममा गहिरो ताल परेको ठाउँमा एक जना जालमा अड्किएर डुबेपछि बचाउन गएका अर्काको पनि डुबैरै ज्यान गएको स्थानीय गणेश जैसीले बताए। 

    माछा मार्न खोलामा गएका उनीहरू डुबेपछि प्रहरी र स्थानीयले खोजी गर्दा दुवै जना तालभित्र मृत अवस्थामा जालमा बेरिएको अवस्थामा फेला परेको जैसीले बताए। 

    यो खोलामा जाल खेलेर वषौंदेखि माछा मारेर धेरैले जीविका चलाउने र कतिपयको ज्यानै समेत जाने गरेको छेडागाड नगरपालिका-१ का वडाध्यक्ष रामबहादुर बुढाले बताए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend