अर्घाखाँची । शितगंगा नगरपालिकाले अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलन सम्पन्न गरेको छ । शितगंगा नगरपालिकाले आज बुधबार शितगंगा ४ भेडामारामा न्यायिक सम्मेलनको आयोजना गरि जिल्ला स्तरिय न्यायिक सञ्जाल गठन गरिएको छ ।
न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित गर्ने , प्रभावकारी र गुणात्मक बनाउन न्यायिक समितिका पदाधिकारीहरु बिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्ने उदेश्यका साथ पहिलो पटक सम्मेलनको आयोजना गरिएकोे शितगंगा नगरपालिकाका न्यायिक समिति संयोजक उपप्रमुख गिता भाटले जानकारी दिइन् ।
प्रथम न्यायिक सम्मेलनले १२ बुंदे शितगंगा घोषणापत्र प्रस्तुत गरिएको छ । नेपाल सरकारका पर्यटन तथा नागरिक उद्ययन राज्य मन्त्री शुशिला र्सिपालीको प्रमुख आथित्यतामा सम्पन्न न्यायिक सम्मेलनमा उच्च अदालत तुल्सिपुर बुटवल इजालसका माननिय न्यायधिस चन्द्र बहादुर सारु, बिषेस अदालत काठमाडौका रजिस्टार अशोक कुमार क्षेत्री , जिल्ला अदालत अर्घाखाँची श्रेस्तेदार महेश खनालले न्यायिक समितिको काम कर्तव्य र अधिकारका बारेमा कार्यपत्र पेस गरेका थिए ।
कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले शितगंगाको न्यायिक अबस्था र चुनौती तथा कानुनी जटिलताको बारेमा प्रस्तुति राख्नु भएको थियो । सम्मेलनबाट शितगंगा नगरपालिकाका उपमेयर गिता भाटको अध्यक्षतामा १३ सदस्यि र जिल्ला स्तरिय न्यायिक सञ्जाल
गठन गरिएको छ, जसको सदस्य सचिवमा केशवप्रसाद बेल्बासे तथा सदस्यहरुमा जिल्लाका सम्पुर्ण स्थानिय तहका उपप्रमुख तथा बिभिन्न न्यायिक सदस्यहरु रहने गरि सञ्जाल गठन गरिएको हो ।
कार्यक्रममा अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलनमा ६ वटै स्थानियतहका उपप्रमुख तथा उपाध्यक्ष संघ सांसद बिजुला रायमाझी, प्रदेश सभा सदस्य रामजी घिमिरे पुर्व प्रदेशसभा सदस्य निमर्ला क्षेत्री, जिल्ला समन्वयका समितिका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी ,जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार,जिल्ला सुरक्षा निकायका प्रमुखहरु, शितगंगा नगरपालिकाका कार्यपालिका सदस्यहरु, पुर्वमेयर ,उपमेयर लगायतको उपस्थिती रहेको मेलमिलापकर्ता ऋषि घिमिरेले जानकारी दिए ।