Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

खुम्चिदै पाल्पा मल काण्ड


८, असार २०८०
  • 125
    SHARES
  • खुम्चिदै पाल्पा मल काण्ड

    पाल्पा । रामपुर नगरको मुख्य बजारमा रहेको विजय श्रेष्ठको घरमा भारतीय कम्पनीको कमसल र कम तौल भएको ६ सय बोरा युरीया मल भेटिएको प्रकरण थप रहस्यमय बनेको छ । रामपुर नगरका दाना चल्ला व्यवसायी किर्तिनाथ श्रेष्ठले सटर भाडामा लिएर अवैध रुपमा भण्डारण गरेको मल राजश्व विभागले अनुसन्धान गर्ने क्रममा आफ्नो नभएको र घर भाडामा नलिएको किर्तीनाथले साविती बयान दिएपछि यो प्रकरण थप रहस्यमय बनेको हो ।

    अवैध तथा गैरकानुनी रुपमा ठुलो परिमाणमा भण्डारण गरेको भन्ने सुचना पाएको आधारमा नगरको उप प्रमुख, रामपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालयले संयुक्त रुपमा अनुगमन गर्दा ठुलो परिमाणमा युरीया मल भेटिएको थियो ।

    घर भाडामा दिएका विजय श्रेष्ठलाई षडयन्त्र पुर्वक फसाउने मनसाय राखेका किर्तीनाथ श्रेष्ठले मल ढुवानी गरेको ट्रकबाट अनलोड गर्ने कामदारलाई लक्षित गरी अनुसन्धान टोलीले अनलोड गर्ने टोलीका नेता भोटे नेपालीलाई बयान लिएपछि थप रहस्य खुलेको हो ।

    भोटे नेपालीले व्यवसायी किर्तीनाथ श्रेष्ठको गोदाममा ६५० बोरा अनलोड गरेको र २ सय बोरा अर्को मिनी ट्रकमा लोड गरी काठमाडौं पठाएको बयान दिएपछि यसको थप रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मण देवकोटाले जस्ताको तस्तै बयान दिए पछि अनुसन्धानको प्रकृया साँघुरिदै गएको बताए ।

    फर्जी बिल तयार गरेर ल्याएको मल भण्डारण गरेको बखतमा भेटिएको मलको सवालमा फर्जी बिलमा प्रयोग गरेको स्थायी लेखा नम्बर कार्भोका व्यापारीको नाममा भेटिएको राजश्व अनुसन्धान कार्यालयका अनुसन्धानमा संलग्न कर्मचारी बताउँछन् । “यो सरासर गलत हो यस विषयमा राजश्व चुहावट ऐन अन्तर्गत कानुनी कारवाही हुने छ”–अनुसन्धानमा संलग्न ती कर्मचारीले भने । “आरोपित किर्तीनाथ श्रेष्ठले आफुले मल भण्डारण नगरेको बयान दिए पनि अनलोड गर्ने कामदारले नै किर्तीनाथ श्रेष्ठकै भएको र यहाँबाट अन्यत्र समेत निर्यात गरेको रहस्य खुलाइदिएपछि यो भन्दा ठुलो प्रमाण अरु केही हुँदैन”– उनले भने । यस्ता गलत तथा राजश्व छली गर्नेलाई कानुनी दायरामा ल्याउनुको सट्टा मुद्दालाई कमजोर बनाउन राजनैतिक दलका जिम्मेवार व्यक्ति लागि परेको र अव दवावका कारण मुद्दा कमजोर नहुने प्रहरी श्रोतको दावी रहेको छ ।

    स्थानीय सरकारका उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक बाल कुमारी थापा पनि राजश्व छली गर्ने कृयाकलापमा संलग्न व्यवसायी तथा फर्मका प्रतिनिधिलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउँछिन् । “यस्ता गलत कार्यमा जो कोही संलग्न भए पनि मुद्दालाई कमजोर होइन बलियो बनाउनु पर्दछ”–उनले भनिन ।

    व्यवसायी किर्तीनाथ श्रेष्ठले विगत वर्षहरुमा समेत अवैध कारोबारमा संलग्न भएको हुन सक्ने भएकाले अस्वाभाविक रुपमा सम्पत्ती आर्जन गरेकाले उनको सम्पत्ती समेत छानविन गर्नु पर्ने स्थानीयहरुको माग रहेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend