काठमाडौँ । ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै ईपीएस कोरिया शाखा घेराऊ गरेका छन् । कोरियाबाट फर्किएकाहरुले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस शाखा घेराउ गरेका हुन् ।
नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरियाबाट फर्किएहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गर्नुका साथै प्रर्दशन समेत गरेका छन् ।
उनीहरुले सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरुको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । भाषा परीक्षा पास हुँदा पनि एक पटक कोरिया गएर फर्किएकाहरुलाई लैजान रोजगारदाताले आनाकानी गरेकोमा उनीहरुको आक्रोस छ । उक्त प्रर्दशनमा अप्रिय घटना पनि हुन सक्ने भन्दै बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ ।