Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सन्दीपविरुद्धको क्षतिपूर्ति मुद्दाको सुनुवाइ इजलासमा


११, असार २०८०
  • 252
    SHARES
  • सन्दीपविरुद्धको क्षतिपूर्ति मुद्दाको सुनुवाइ इजलासमा

    काठमाण्डौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलात्कार अन्तर्गतको मुद्दामा क्षतिपूर्ति मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा तोकिएको छ । 

    लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो । लामिछानेसँग वादी पक्षले यस अघि माग गरेको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरे पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो ।

    तत्पश्चात् उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो।जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डक्टरको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकेको हो । सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहसको पेशी भने स्थगित छ। लामिछाने विश्वकप छनोटका लागि जिम्बावेमा रहेका कारण पेशी स्थगित गरिएको हो।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend