बुटवल । रुपन्देहीको बुटवल–१३ बेलबासमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमवार राती बुटवल–१२ शान्तिचोकमा बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
सुर्खेतबाट विरगञ्जका लागि छुटेको प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी २८ वर्षीय युवाको ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ मृतकको पहिचान भने नखुलेको छैन ।