नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आफ्नै आमाको हत्या गरेका छन् । पारिवारिक विवाद चर्किदा ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादले उग्र रुप लिदा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । आमाको हत्या गरी रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।