Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लायन्स क्लब अफ बुटवल वेस्टको अध्यक्षमा प्रकाश शर्मा


१४, असार २०८०
  • 719
    SHARES
  • लायन्स क्लब अफ बुटवल वेस्टको अध्यक्षमा प्रकाश शर्मा

    बुटवल । लायन्स क्लब अफ बुटवल बेस्टले औपचारिक रुपमा बर्ष २०२३/२४ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।  बुटवलको बेलबासमा स्थापना भई  निरन्तर सामाजिक तथा सेवामुलक कार्यमा अग्रसर संस्था लायन्स क्लब अफ बुटवल बेस्टले  नमस्ते पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

    कार्यक्रममा लायन्स क्लब अफ बुटवल बेस्टको  २०२३/२४ को अध्यक्षमा नवनिर्वाचित समाजसेवी तथा बैन्कर लायन प्रकाश शर्मा , प्रथम उपाध्यक्ष  लायन अमर थापा , सचिब लायन गीता बन्जाडे , कोषाध्यक्ष लायन नारायण नेपालले पदभार ग्रहण गरेका छन् ।  निवर्तमान अध्यक्ष लायन शिव आचार्य सहितको टिमले नवनिर्वाचित टिमलाई पदभार हस्तान्तरण गरेको हो । 

    122.jpg

    कार्यक्रममा निवर्तमान अध्यक्ष लायन शिव आचार्यले बर्ष २०२३/२४ को कार्यकालमा संयोजक पदमा रही योगदान गरेका संयोजकहरुलाई सम्मान पत्र र नयाँ सदस्यहरुलाई स्वागत सहित लायन इन्टरनेशनलले प्रदान गर्ने सदस्यता प्रमाणपत्र ,पिन र वर्ष २०२३/२४ को सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गरेका थिए ।

    लायन्स क्लब अफ बुटवल वेस्ट २०२३/२३ का अध्यक्ष लायन शिव आचार्यको अध्यक्षता, वर्ष २०२३/२३ का एरिया चिफ लायन माधव खनालको प्रमुख आतिथ्यता, वर्ष २०२३/२३ का रिजन चियरपर्सन लायन बिमला गैरेको विशिष्ट अतिथि र वर्ष २०२३/२३ जोन चियरपर्सन तथा लायन्स क्लब अफ बुटवल वेस्ट का संस्थापक अध्यक्ष लायन वेद प्रकाश गैरे , लायन्स क्लब अफ बेलबास सिर्जनशिलका अध्यक्ष सरस्वती खनालको अतिथि लगायत क्लबका विभिन्न पदाधिकारी सहित सम्पूर्ण सदस्यको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । 

    12.jpg

    लायन प्रकाश शर्माको  स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा एरिया चिफ लायन माधव खनाल,जोन चियरपर्सन वेद प्रकाश गैरे,रिजन चियरपर्सन लायन बिमला गैरे लगायतले शुभकामना मन्तब्य राखेका थिए  । सोही अवसरमा लायन्स क्लब अफ बुटवल बेस्टले अवार्डका साथै दृष्टिविहिनहरुलाई फ्रिज वितरण  गरेको छ ।

    2.jpg

    lion.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend