Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको पदहस्तान्तरण कार्यक्रम आज


१५, असार २०८०
  • 164
    SHARES
  • लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको पदहस्तान्तरण कार्यक्रम आज

    बुटवल । लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको पदहस्तान्तरण तथा अवार्ड सेरोमणी कार्यक्रम शुक्रवार हुने भएको छ । बर्ष २०२२/०२३ को पदहस्तान्तरण कार्यक्रम बुटवलको सिद्धार्थ कटेजमा हुने भएको कार्यक्रम संयोजक लायन रविन रायमाझीले जनाएका छन् ।

    बर्ष २०२२/०२३ का अध्यक्ष दिपक गौतमको एकबर्षे कार्यकाल पूरा भएको अवसरमा पद हस्तान्तरण तथा अवार्ड सेरोमणी कार्यक्रमको आयोजना गरिने भएको क्लबका अध्यक्ष गौतमले वताए । उनले भने उक्त कार्यक्रममा उपस्थितिका लागि क्लबका संस्थापक अध्यक्ष सम्पूर्ण अध्यक्ष पूर्वहरु, सचिव, कोषाध्यक्ष एवं लायन सदस्यहरु पारीवारिकसहित साँझ ६ बजेदेखि कार्यक्रम सञ्चालन हुने भएकाले अनिवार्य आउनको लागि आग्रह गरेका छन् । साथै कार्यक्रममा उपस्थित हुन औपचारिक पोशाकमा आउनुपर्ने वताईएको छ । 

    यता क्लबका संस्थापक अध्यक्ष कमल थापा क्षत्रीले विगतका बर्षहरुमा भन्दा अहिले कार्यक्रम पृथक हुने वताएका छन् । उनले काम गर्ने क्रममा क्लब मार्फत् सामाजिक, नैतिक र मानविय सेवाले धेरै कुराहरु सिकाएकाले यसपालीको पद हस्तान्तरण कार्यक्रम नयाँ तरिकाले प्रस्तुत हुने बताउँदै सबै लायनहरु उपस्थिति हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रम तिनकुने स्थित सिद्धार्थ कटेजमा हुने बताईएको छ ।

    सो कार्यक्रममा प्रमुख अतिथि लायन बर्ष २०२३/०२४ का डिस्ट्रीक गभर्नर पिएम जेफ लायन अर्जुनमान सैंजु र डिस्ट्रीकका उच्च पदाधिकारिको समेत उपस्थिति हुने भएको छ । उक्तअबसरमा अवसरमा क्लबलाई सहयोग गर्ने क्लबका पदाधिकारी, पुर्बअध्यक्षहरु, कार्यक्रम संयोजक लगायतलाई सम्मान गरिने भएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend