Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बुटवलले मनायो धान दिवस 


इ खबर
१५, असार २०८०
  • 125
    SHARES
  • बुटवलले मनायो धान दिवस 

    बुटवल । बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ।

    उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो। बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि व्यवसाय प्रवर्द्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २०औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवमा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा अध्यक्षहरु, महाशाखाका निर्देशकहरुसहित स्थानीयको सहभागिता रहेको थियो।

    सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको १२ देखि १९ सम्मका वडाहरुमा खेतीयोग्य जमीन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडि बढाइरहेको बताए ।

    उनले बुटवललाई आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको बताए। उनले बुटवल १४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको बताउँदै आगामी वर्षदेखि तरकारी र धान गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको बताए।

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताइन। उनले कृषिबाटै मुलुकको उन्नति हुने बताउँदै किसानले अझै बढी चासो दिनुपर्ने बताए।

    प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादनलाई बढाउनका लागि नगरले अनुदान र प्रोत्साहनका कार्यक्रम अगाडि सारेको बताए।

    नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले धान दिवसको अवसरमा धान खेतीको उब्जनी बढाउनका लागि अरु धेरै लगानी गर्ने तयारी रहेको बताए। उनले वडा नं १५ मा धान दिवस मनाएर नगरकै कृषि क्षेत्रको महत्व बढेको र यसले सकारात्मक प्रभाव पर्ने बताए। 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend