Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

दाइजो नदिएको झोकमा श्रीमती र छोरीलाई झुण्ड्याएर फरार


१६, असार २०८०
  • 258
    SHARES
  • दाइजो नदिएको झोकमा श्रीमती र छोरीलाई झुण्ड्याएर फरार

    रौतहट । रौतहटको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन् ।

    मौलापुर नगरपालिका-४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन्। शुक्रबार राति परिवारजनका सदस्यहरूले निर्घात कुटपिट गरेर झुण्याएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। घटनापछि धीरेन्द्र र उनका बुबा भने फरार भएका छन् । 

    तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका-५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको बिहे धीरेन्द्रसँग गराएका थिए। बिहेअघि कबोल गरेको दाइजो आर्थिक अवस्था कमजोर भएको कारण दिन नसकेको भन्दै उनले मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री दिन पटकपटक छोरीमाथि दबाब दिएको बताए।

    विजयशंकरका अनुसार राति ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीको हत्या भएको बताएपछि प्रहरीलाई खबर गरेका थिए।

    यता, जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगर घटना भएको बताउँदै घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको जानकारी दिए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend