Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सशस्त्रमा व्यक्ति केन्द्रीत दरबन्दी लबिङ


१६, असार २०८०
  • 107
    SHARES
  • सशस्त्रमा व्यक्ति केन्द्रीत दरबन्दी लबिङ

    काठमाण्डौँ । सीमा सुरक्षाका लागि आएको दरबन्दीलाई माथिल्लो तहका अधिकृतहरुले आफ्नो अनुकूल दुरुपयोग गर्ने सम्भावना बढेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा सुरक्षा र त्यसका लागि बोर्डर आउट पोष्ट (बीओपी) थप गर्नका लागि ल्याएको दरबन्दीमा एआईजी र डीआईजीको दरबन्दी थप गर्न दबाब बढेपछि दुरुपयोगको संभावना बढेको हो ।  

    ‘सशस्त्र प्रहरी बलमा तल्लो तहको दरबन्दी कटौती गरेर माथिल्लो तहको दरबन्दी थप्न कसरत भैरहेको छ’, स्रोतले भन्यो । अर्थ मन्त्रालय सुरक्षा निकायमा बजेट बढाए लगत्तै सशस्त्र प्रहरीभित्र नयाँ दरबन्दी थप गर्ने क्रममा आ–आफ्नै लबिङ शुरु भएको हो । 

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सीमा सुरक्षामा खटिनका लागि दरबन्दी अभाव रहेको बताउँदै अर्थ मन्त्रालयबाट प्रहरी निरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक र सई तथा असईको दरबन्दी स्वीकृत गराए लगत्तै राजनीतिक दबाबमा सो कसरत शुरु भएको हो । 

    आईजीपीले १० हजार दरबन्दी थप गर्नुपर्ने भन्दै गृहमा प्रस्ताव पठाएको र त्यसमा माथिल्लो संरचना अन्तर्गत एक एआईजी र दुई डीआईजी थप गर्ने गरी आ–आफ्नै लविङ शुरु भएको स्रोतले जनाएको छ । अघिल्लो सरकारको पालामा स्वीकृत भएको ४ हजार दरबन्दी भने सशस्त्रलाई प्राप्त भैसकेको छ र त्यसमा व्यक्ति केन्द्रीत दरबन्दी थप गर्न गृहमन्त्रीसमक्ष लबिङ शुरु गरेको स्रोतको दाबी छ । 

    आईजीपी अर्यालले प्रहरी निरीक्षकहरुको वृत्ति विकासका लागि सो दरबन्दीलाई प्रयोग गर्न खोजे पनि इन्जिनियर किशोर प्रधानले त्यही दरबन्दीलाई देखाएर आफ्ना लागि एआईजीको एक दरबन्दी थप गर्न लविङ गरिरहेका छन् । १५ वर्षदेखि बढुवा हुन नसकेका इन्स्पेक्टर र तल्लो तहका सिपाहीको दरबन्दी काटेरै भए पनि एक एआईजी, दुई डीआईजी, ६ एसएसपी थप्न लबिङ भैरहेको छ’, स्रोतले भन्यो । 

    इन्जिनियर किशोर प्रधानका लागि एआईजी र भानु देउवाकी बहिनी ज्वाइँ दिपेन्द्र कुँवरको बढुवाका लागि डीआइजीमा दरबन्दी थप गर्न लागिएको हो । त्यस्तै एसपी  विकास घिमिरेलाई बढुवा गर्न एसएसपीको दरबन्दी थप गर्न लागिएको स्रोतको दाबी छ । एसपीबाट एसएसपीहरुमा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, रमेश पाण्डे, धु्रव कार्की, तीर्थ पौडेल, भरत खनियाँ, सूर्यसेन ओली, टोपबहादुर खनालसहितका छन् । १ सय ७५ थप दरबन्दी स्वीकृत गराइएको छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend