Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु : गगन थापा


१६, असार २०८०
  • 160
    SHARES
  • काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु : गगन थापा

    काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् ।

    एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए ।

    उनले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको दावि समेत गरे । दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको भन्दै उनले भने, “म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको काँग्रेसको महामन्त्री हुनु भन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बद्लिन म तयार हो । सबै तयार हुनुपर्छ ।”

    महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुटनुपर्ने बताए । उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend