Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

साउदी अरबमा गर्मीका कारण एक हजारभन्दा धेरै हजयात्रीको ज्यान गयो


७, असार २०८१
  • 269
    SHARES
  • साउदी अरबमा गर्मीका कारण एक हजारभन्दा धेरै हजयात्रीको ज्यान गयो

    काठमाडौं । साउदी अरबमा चरम गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको सङ्ख्या एक हजार नाघेको छ ।

    ज्यान गुमाउनेमध्ये आधाभन्दा धेरै दर्ता नभएका तीर्थयात्री रहेका एएफपीले जनाएको छ । हिजो प्रकाशित नयाँ प्रतिवेदनअनुसार हज तीर्थयात्राको क्रममा झण्डै १० देशका एक हजार ८१ जनाको ज्यान गएको अरबका एक कूटनीतिज्ञले बताएका छन् ।

    इजिप्ट, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकका नागरिकको हज यात्रामा ज्यान गएको बताइएको छ ।

    अझै अरु थुप्रै तीर्थयात्रीहरू बेपत्ता भएका छन् । इस्लामिक क्यालेन्डरले निर्धारण गरेको समयमा गरिने हज यात्रा यस वर्ष साउदीको चर्को गर्मीको समयमा परेको हो ।

    त्यहाँको राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको शुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो ।

    गएको महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend