Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सीबीआईले अदालतबाटै पक्राउ गर्‍यो


१२, असार २०८१
  • 141
    SHARES
  • दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सीबीआईले अदालतबाटै पक्राउ गर्‍यो

    एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतबाटै पक्राउ गरेको छ ।

    गएको मार्च २१ तारिखदेखि प्रवर्तन निर्देशनालय (ईडी) को न्यायिक हिरासतमा रहेका केजरीवाललाई आज सीबीआईले पक्राउ गरेको हो ।

    सीबीआईले गए राति नै जाँड–रक्सीसम्बन्धी नीतिमा परिवर्तन गरी अन्तःशुल्कसम्बन्धी अनियमितता गरेको आरोपमा केजरीवालको बयान रेकर्ड गराएको थियो ।

    त्यसपछि अदालतमा उपस्थित गराइएका केजरीवाललाई थप सोधपुछ गर्न न्यायाधीशले अनुमति दिएपछि सीबीआईले औपचारिक रूपमा पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

    यसअघि हिजो दिल्ली उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवालको तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको छ । योसँगै ईडीको न्यायिक हिरासतमै रहेका केजरीवाललाई सीबीआईले पक्राउ गरेको हो । अब उनलाई सीबीआईले हिरासतमा राखेर अनुसन्धान गर्नेछ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend