काठमाडौँ । दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो ।
राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए। मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ ।
यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए । पटक पटक राजेश पायल राई आफ्नो हर्कतका कारण विवादमा तानिँदै आएका छन् ।