Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रायमाझी पार्टीको सम्पर्कमा नरहेको,एमालेले छानबिनका लागी सहयोग गर्ने


२८, वैशाख २०८०
  • 188
    SHARES
  • रायमाझी पार्टीको सम्पर्कमा नरहेको,एमालेले छानबिनका लागी सहयोग गर्ने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेको छ। नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा बसेको बैठकको पहिलो दिन बिहीबार संक्षिप्त मन्तव्यसहित अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा भएको  एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । जसअन्तर्गत  सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेका थिए । अन्य प्रदेशको रिपोर्ट शुक्रबार पेश हुने छ ।

    बैठकले सचिवालय बैठकले गरेको निर्णयहरु अनुमोदन गरेको, केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष अमृत बोहराले सल्लाह सुझाव दिएको, अनुशासन आयोगका अध्यक्ष केशव बडालले सुझाव दिएको र लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले पनि आर्थिक प्रणालीको बारे जानकारी दिएको थियो भने केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विजय सुब्बाले आयोगले गरेको काम कारवाहीका बारेमा जानकारी गराएको थियो ।

    त्यस्तै गुरुङले पुर्जी जारी भएपछि सचिव टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको प्रष्ट पारेको भन्दै राज्यले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्नुपर्नेमा एमालेको जोड रहेको बताए । बैठक शुक्रबार पनि बस्ने एमालेले जनाएको छ । 

    ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend