Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गयो


२१, असार २०८१
  • 220
    SHARES
  • सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गयो

    काठमाडौं - सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ ।

    सिन्जामा जारी नी सेना र अर्धसैनिक बलबीचको जारी युद्धबाट भाग्न खोजेर छिमेकी राज्य गेडारेफमा जान लागेका २५ जनाको डुबेर ज्यान गएको हो । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा आरएसएफले केहीदिनअघि सैन्य आधार नियन्त्रणमा लिएर कारवाही गरिरहेका थियो । प्रत्यक्षदर्शीका अनुसार आरएसएफले त्यहाँका बासिन्दालाई नाइल नदीपारि काठको सानो डुङ्गामा भाग्न बाध्य बनाएको थियो ।

    संयुक्त राष्ट्रसङ्घले तीन दिनमा सिन्जाबाट कम्तिमा ५५ हजार जना मानिस भागेको बताएको छ । छिमेकी राज्य गेडारेफमा यो हप्ता मात्र एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीले अनुमान गरेका छन् ।

    सुडानमा समग्रमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend