Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बेलायतमा लेबर पार्टी निकै अगाडि, स्टार्मर प्रधानमन्त्री बन्ने लगभग निश्चित


२१, असार २०८१
  • 196
    SHARES
  • बेलायतमा लेबर पार्टी निकै अगाडि, स्टार्मर प्रधानमन्त्री बन्ने लगभग निश्चित

    लन्डन । बेलायतमा १४ वर्षपछि विपक्षी लेबर पार्टी ठूलो बहुमतका साथ सत्तामा जाने निश्चित देखिएको छ ।

    सुरुआती नतिजाअनुसार लेबर पार्टीले १५१ भन्दा बढी सिट जितिसकेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी २३ सिटमा विजयी भएको छ ।

    अब बेलायतमा लेबर पार्टीका नेता किएर स्टार्मर प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । स्टार्मर सन् २०२० मा जर्मी कोर्बिनको स्थानमा लेबर पार्टीका नेता चुनिएका थिए ।

    बिहीबारको चुनावलगत्तै गरिएको ‘एक्जिट पोल’ले ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले ४१० सिट जित्ने देखाएको थियो । कन्जरभेटिभ पार्टीले १३१ सिट मात्र जित्ने अनुमान छ ।

    २०१९ मा भएको निर्वाचनमा कन्जरभेटिभले ३६४ सिट जितेको थियो । त्यति बेला विपक्षी लेबर पार्टीको सिट संख्या केवल २०३ थियो । एक्जिट पोलको रिपोर्ट सही साबित भएमा स्टार्मर ४१० सांसदका साथ प्रधानमन्त्री बन्नेछन् ।

    १९९७ को टोनी ब्लेयरको ऐतिहासिक जितभन्दा यो थोरै मात्र कम हो । त्यति बेला लेबर पार्टीले ४१९ सिट जितेको थियो । कन्जरभेटिभले १६५ सिट जितेको थियो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend