Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युक्रेनलाई एयर डिफेन्स सिस्टम दिने बाइडेनको घोषणा


२६, असार २०८१
  • 207
    SHARES
  • युक्रेनलाई एयर डिफेन्स सिस्टम दिने बाइडेनको घोषणा

    वाशिङटन । अमेरिकाको राजधानी वाशिङटन डीसीमा आयोजित अमेरिकाको अगुवाई रहेको सैन्य गुट नेटोको बैठकमा बोल्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम दिइने बताएका छन् । 

    नेटोको बैठकमा मन्तव्य दिँदै उनले अमेरिका र चार अन्य पश्चिमी देशले एयर डिफेन्स सिस्टम आउँदो महिना युक्रेनलाई दिने जनाएका हुन् ।

    अमेरिकी अधिकारीहरुका अनुसार यो प्याकेजमा पेट्रोलियम मिसाइल सिस्टम र अन्य टेक्निकल एयर डिफेन्स सिस्टम तथा यसका पार्टपूर्जा रहेको जनाइएको छ ।

    अमेरिकाबाहेक जर्मनी, नेदरल्यान्ड्स, रोमानिया र इटालीले एयर डिफेन्स सिस्टमको आपूर्ति गर्नेछन् । 

    यो वर्षको अन्तिम सम्ममा एयर डिफेन्स सिस्टमको बारेमा फैसला गरिने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन पनि सामेल हुने जनाइएको छ ।

    रुसको हालैको मिसाइल हमलापछि मंगलबार युक्रेनका अधिकारीले अतिरिक्त एयर डिफेन्स सिस्टमको माग गरेका थिए ।  रुसले गएको सोमबार युक्रेनको राजधानीमा नै मिसाइल प्रहार गर्दा ३६ जना मारिएका थिए ।

    सो आक्रमणमा बाल अस्पताल समेत लक्षित थियो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend