Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गोली प्रहारपछि सामाजिक सञ्जालमार्फत ट्रम्पले दिए यस्तो प्रतिक्रिया


३०, असार २०८१
  • 170
    SHARES
  • गोली प्रहारपछि सामाजिक सञ्जालमार्फत ट्रम्पले दिए यस्तो प्रतिक्रिया

    अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटना लगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ।

    उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको र अनुहारमा रगत पोतिएको देखिन्छ। उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो।

    गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए। त्यस क्रममा ट्रम्पले मुट्ठी कसेर हात उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेको देखिएको छ।

    ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको जनाएका छन्।

    उनले प्रवर्तनलाई धन्यवाद दिनुको साथै मारिएका वा घाइते भएका सहभागीहरूका लागि शोक र समवेदना व्यक्त गरेका छन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend