Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो, १९ जनाको मृत्यु


४, साउन २०८१
  • 229
    SHARES
  • बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो, १९ जनाको मृत्यु

    ढाका । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन थप चर्किएको छ । बिहीबारसम्ममा १९ जनाको मृत्यु भएको छ । १३ जना बिहीबार मारिएका हुन् । 

    फ्रान्सेली समाचार समिति एएफपीले मारिनेको संख्या ३२ पुगेको दाबी गरेको छ । विद्यालय र युनिभर्सिटी यसअघिदेखि नै अनिश्चितकालीन बन्द रहेकोमा बिहीबारदेखि राजधानी ढाकामा इन्टरनेट र फोन लाइन समेत बन्द गरिएको छ । 

    बिहीबार मृत्यु हुनेमा ढाका टाइम्सका ३२ वर्षिय पत्रकार मेहदी हसन समेत छन् ।

    हजारौँ प्रदर्शनकारीले बिहीबार साँझ सरकार नियन्त्रित बंगलादेश टेलिभिजन (बीटीभी)को ढाकास्थित कार्यालयमा समेत आगो लगाएका छन् । आगलागीपछि पत्रकार तथा कर्मचारी कार्यालय छोडेर भागेका थिए । सरकारले देशभर सुरक्षा अलर्ट जारी गरेको छ । 

    बंगलादेशमा नोकरीमा आरक्षणको विरुद्धमा आन्दोलन चर्किएको हो । बंगलादेशमा सरकारी नोकरीमा देशको स्वतन्त्रताका लागि लड्ने व्यक्तिका छोराछोरीलाई आरक्षण दिने गरिएको छ । सन् १९७१मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । 

    आलोचकहरूले आरक्षणको यो व्यवस्था बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समर्थन गर्ने सरकार समर्थक समूहका बालबालिकालाई अनुचित लाभ पुर्याउने खालको भएको आरोप लगाएका छन् ।
      
    हसिनाले गएको जनवरीमा लगातार चौथोपटक चुनाव जितेकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुररहमानकी छोरी हुन् ।
     
    बंगलादेशमा पछिल्ला केही दिनदेखि सरकारी नोकरीमा आरक्षणको यो व्यवस्थाविरुद्ध प्रदर्शन भइरहेको छ । यो भन्दाअघि हप्तौं भएको विरोध प्रदर्शनपछि २०१८मा भर्नाको यो व्यवस्थामा रोक लगाइएको थियो । 

    पछिल्लो महिना एक अदालतले आरक्षणलाई फेरि एक पटक वहाल गरेको थियो । यसकैविरुद्धमा आन्दोलन चर्किएको हो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend