Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशको सर्वोच्च अदालतद्वारा सरकारी जागिरका धेरैजसो कोटा खारेज


६, साउन २०८१
  • 176
    SHARES
  • बङ्गलादेशको सर्वोच्च अदालतद्वारा सरकारी जागिरका धेरैजसो कोटा खारेज

    एजेन्सी । बङ्गलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका धेरैजसो कोटा खारेज गरिदिएको छ ।

    आरक्षणको विरोधमा देशभर आन्दोलन हुँदा १ सय १५ जनाभन्दा धेरैको ज्यान गएको अवस्थामा सर्वोच्चले उच्च अदालतको फैसला खारेज गर्नुका साथै धेरैजसो कोटा खारेज गरिदिएको बीबीसीले जनाएको छ ।

    सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि भएको युद्धका दिग्गजहरूका आफन्तहरूका लागि सरकारी जागिरमा एक तिहाइ कोटा छुट्याइएको थियो । यसले प्रधानमन्त्री शेख हसिना र उहाँको दल अवामी लिगका कार्यकर्ता मात्रै लाभान्वित भइरहेका छन् ।

    आज सर्वोच्च अदालतले अब स्वतन्त्रताका लागि भएको युद्धका दिग्गजका आफन्तहरूका लागि जम्मा ५ प्रतिशत कोटा मात्रै दिन सकिने जनाएको छ ।

    सर्वोच्च अदालतको फैसलाले सार्वजनिक क्षेत्रका ९३ प्रतिशत रोजगारी योग्यताका आधारमा भर्ना गर्नुपर्ने आदेश दिएको छ, बाँकी २ प्रतिशत जातीय अल्पसङ्ख्यक वा अपाङ्गता भएका मानिसहरूका लागि आरक्षित छ ।

    प्रधानमन्त्री शेख हसिनाको सरकारद्वारा सन् २०१८ मा खारेज गरिएको कोटा प्रणालीलाई गत महिना तल्लो अदालतले पुनः स्थापित गरेको थियो । आरक्षणको विरोधमा पछिल्लो हप्तादेखि चर्किएको आन्दोलनका कारण बङ्गलादेशको अवस्था निकै खराब बनेको छ ।

    देशभर कर्फ्यु लागू भएको छ, सरकारले इन्टरनेट बन्द गरेको छ । सडक, विद्यालय, विश्वविद्यालय, व्यापारिक क्षेत्रलगायत बन्द छन् । विदेशी नागरिकले धमाधम बङ्गलादेश छाडिरहेका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend