कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन बिहान ७ बजेबाटै सेवा दिन थालेको छ । कार्यालयले वैशाख २९ गतेबाट समय थप गरी बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म राहदानीको सेवा दिन सुरु गरेको हो ।
बाहिरबाट राहदानीको फाराम भर्दा सेवाग्राहीले दुःख पाएको,पैसा समेत धेरै तिर्नु परेको गुनासो आएपछि निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनले सेवाग्राहीको एक दिनमै राहदानीको आवेदन दिन मिल्ने सेवा प्रवाह गर्न समय थप गरिएको जानकारी दिए ।
आचार्यले सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकको विस्तारित सेवा समेत जिल्ला प्रशासन कार्यालय भित्रै स्थापना गर्ने तयारीमा लागेको बताए ।