Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सन् २०२३ मा दक्षिण कोरियाको कुल जनसङ्ख्यामा वृद्धि


१४, साउन २०८१
  • 154
    SHARES
  • सन् २०२३ मा दक्षिण कोरियाको कुल जनसङ्ख्यामा वृद्धि

    सियोल । सन् २०२३ मा विदेशी नागरिकको दक्षिण कोरिया प्रवेशमा दोहोरो अङ्कको वृद्धिका कारण दक्षिण कोरियाको कुल जनसङ्ख्यामा सुधार देखिएको यहाँको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    सन् २०२३ को जनगणनाअनुसार गत वर्षको नोभेम्बर १ मा कुल जनसङ्ख्या ०.२ प्रतिशत अर्थात् ८२ हजार थपिएर पाँच करोड १७ लाख ७५ हजार पुगेको छ ।

    कम्तीमा तीन महिना दक्षिण कोरिया बसेका विदेशी नागरिकको सङ्ख्या १०.४ प्रतिशतले बढेर १९ लाख ३५ हजार पुगेको छ ।

    कोभिड–१९ को महामारीपछि सरकारले विदेशीका लागि कामका लागि भिसा कार्यक्रम विस्तार गरेपछि गत वर्ष दक्षिण कोरियामा धेरै विदेशी आएका थिए ।

    गत वर्ष वृद्ध जनसङ्ख्याका कारण न्यून जन्मदर भएको र स्थानीय बासिन्दाको सङ्ख्यामा ०.२ प्रतिशतले घटेर चार करोड ९८ लाख ३९ हजारमा झरेको थियो ।

    आवासको उच्च मूल्य र हठी बेरोजगारीजस्ता आर्थिक कठिनाइका कारण युवा दम्पतीले बच्चा जन्माउन ढिला सुस्ती गर्ने वा बच्चा जन्माउन छोड्ने गरेका कारण दक्षिण कोरियाले लामो समयदेखि कम जन्मदरको समस्यासँग जुधिरहेको छ ।

    सन् २०२३ मा १५ देखि ६४ वर्ष उमेर समूहका कामकाजी उमेर समूहको जनसङ्ख्या ०.४ प्रतिशतले घटेर तीन करोड ६५ लाख ४६ हजार मा झरेको छ र यो जुन कुल जनसङ्ख्याको ७०.६ प्रतिशत हो । सन् २०१८ देखि काम गर्ने उमेर समूहको जनसङ्ख्याको अनुपात निरन्तर घट्दै गएको छ ।

    गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाको सङ्ख्या ५.१ प्रतिशतले बढेर ९६ लाख नौ हजार पुगेको थियो भने १४ वर्ष वा सोभन्दा कम उमेरसमूहका वृद्धवृद्धाको सङ्ख्या ४.१ प्रतिशतले घटेर ५६ लाख १९ हजारमा झरेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend