Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सुशासन आफैबाट सुरुवात गर्नुपर्छ-श्रेष्ठ


२९, वैशाख २०८०
  • 255
    SHARES
  • सुशासन आफैबाट सुरुवात गर्नुपर्छ-श्रेष्ठ

    बैशाख २९,प्यूठान । विकास,समृद्धि,सुशासनका लागी हाम्रो अभियान भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रम प्यूठानमा  सम्पन्न भएको छ । देश संघीयतामा गएसगैँ स्थानीय र प्रदेश तहमा बढ्दै गएको बेथितिलाई न्यूनिकरण गर्न  प्रदेशका सम्पूर्ण जिम्मेवार निकायलाई सचेत र जिम्मवार बनाउने लक्ष्य सहित कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले जिल्लामा आफ्नो जिम्मेवारीलाई  समाधान गर्नुको साटो एकअर्कालाई दोष दिएर पन्छिन नहुने बताए । उनले सुशासन आफैबाट सुरुवात गर्नुपर्ने बताउदै पारदर्शी र निपष्क्ष भएर जनतालाई सेवा दिनुपर्नेमा जोड दिए । श्रेष्ठले सरकारी कार्यालयमा फोन नै नउठ्ने समस्या रहेकोले त्यसको समाधान गर्न  आवश्यक रहेको औल्याए । उनले सडक पूूर्वाधार राम्रो नहुदाँ दुर्घनाका घटनाहरु बढेकोले त्यसको न्यूनिकरणका लागी ध्यान दिनुपर्नेमा जोड दिए । श्रेष्ठले विपदका कारण जनताहरु मारमा परेकोले व्यवस्थापनका लागी विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

    जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सीले सुशासन जस्तो महत्वपूर्ण कार्यक्रममा सबै सहभागी हुनुपर्नेमा जोड दिए । उनले सुशासन विना कुनै क्षेत्रको विकास र समृद्धि हुन नसक्ने बताउदै सचेत भएर आफ्नो जिम्मेवारीलाई पालना गर्न आग्रह गरे  । जिसीले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न नगराउदा काम गर्न असहज भएको बताए । 


    त्यस्तै कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले स्थानीय तहमा समाधान हुने मुद्धा,मामिलाका कुराहरु स्थानीय तहमा नै समाधान गर्न आग्रह गरे । उनले सुचनाको हकबाट नागरिकलाई वन्चित नगराउन आग्रह गर्दै सम्पूर्ण कार्यलयहरु प्रविधि मैत्री हुन जरुरी रहेको औल्याए । कोइरालाले जनमैत्री,गुुणस्तरीय सेवा दिन र ऐन कानुन पालना गरेर काम गर्न सुझाव दिए ।


    त्यस्तै  स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख मिनराज राना योजनाहरु छनोट गर्दा नागरिकको माग अनुसार र पारदर्शितामा ध्यान दिएर काम गरेको बताए । उनले सेवाग्राहीको  सहजका लागी नागरिक कक्ष स्थापना गरेर नागरिकको कुनै गुनासो नआउने गरी काम गरिरहेको जानकारी दिए  ।
    कार्यक्रममा बोल्दै कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख देवराज पोखरेलले विकास निर्माणमा आएको बजेट सोचे जस्तो खर्च गर्न नसकिएको बताए । उनले जिल्लामा बेरुजु देखिन थालेकोले त्यसको समाधानमा लाग्नुपर्नेमा जोड दिए  ।
    कार्यक्रममा गैरसहकारी महासंघका तर्फबाट बोल्दै जुमान सिंह केसीले हेरक सरकारी कार्यालयमा ढिलासुस्ती देखिएको, लक्षित वर्गका लागी आएका कार्यक्रमहरु कर्मचारी आफैले मिलेमतोमा संचालन गरेकोे गुनासो गरे । उनले  कार्यलयले सुचना लुकाएको गरेको बताउदै सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कदै गएकाले सबै सचेत हुनुपर्नेमा जोड दिए  । 


    कार्यक्रममा बर्द बहादुर गणका गणपति रमेश थापा,राष्टिय अनुसन्धान अधिकृत देवेन्द्र थापा, शिक्षा समन्वय इकाईका प्रमुख शिव पण्डित,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डे,प्यूठान जिल्ला अस्पतालका प्रमुख डा. प्रमिला खनाल,प्रधानमन्त्री कृषि परियोजनाका प्रमुख चुमान गिरी लगायत सरोकारवालाहरुले आफ्ना भनाई राखेका थिए । 
    कार्यक्रममा प्यूठान क्याम्पसका प्रमुख कल्पना खड्का कार्यपत्र प्रस्तुत गरेका थिए ।

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

     

     

     

     

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend