Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवारमा चयन


१९, साउन २०८१
  • 217
    SHARES
  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवारमा चयन

    काठमाण्डौ – अमेरिकाको डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यस अघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी) ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको बीबीसीले जनाएको छ ।

    भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । ह्यारिस अमेरिकामा मुख्य दलको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला बन्नुभएको छ ।

    आउँदो नोभेम्बरमा हुने चुनावमा पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पराजित गर्न सकेमा उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ । यसैबीच ह्यारिस उम्मेदवार बनेपछि उहाँको चुनावी प्रचारका लागि चन्दा दिने क्रम पनि बढेको छ ।

    अहिलेसम्म ट्रम्पको चुनावी अभियान बैंक खातामा ३२ करोड ७० लाख अमेरिकी डलर चन्दा जम्मा हुँदा ह्यारिसको चुनावी अभियान खातामा ५४ करोड डरल जम्मा भएको छ । जसमध्ये १२ करोड राष्ट्रपति बाइडेनले उम्मेदवार त्याग्नु अघिको हो भने बाँकी बाइडेनले प्रतिस्पर्धा छाडेपछिको हो । 

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend