Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो


२१, साउन २०८१
  • 223
    SHARES
  • बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो

    काठमाडौं –  प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको सरकार समर्थकहरूसँग हिंसात्मक झडप हुँदा ९० जनाभन्दा धेरैको ज्यान गएको छ । लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै दुई सय जना घाइते भएका बीबीसीले जनाएको छ ।

    यसअघि सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक हुँदा दुई सयभन्दा धेरैको ज्यान गएको थियो । यो प्रदर्शन प्रधानमन्त्री हसिनाले आफ्नो १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्ति भएको प्रतिक्रिया दिनुभएको थियो ।

    विद्यार्थी प्रदर्शनलाई सेनाले केही समयका लागि मथ्थर बनाए पनि सरकार विरोधी प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा रबरको गोली हान्नु परेको अवस्था छ । केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सहभागी भएका छन् ।

    यसैबीच, बङ्गलादेशका विभिन्न शहरमा आन्दोलन थप चर्किएपछि भारतीय उच्चायोगले आफ्ना नागरिकका लागि सचेत रहन भन्दै सूचना निकालेको छ । उनीहरुलाई त्यहाँ रहेको उच्चायोगको कार्यालयको सम्पर्कमा निरन्तर रहिरहन आग्रह गरिएको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend