Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशमा हिंसात्मक प्रदर्शन जारी, पूर्व विदेशमन्त्री तथा अवामी लिगका नेता विमानस्थलमा पक्राउ


२३, साउन २०८१
  • 220
    SHARES
  • बङ्गलादेशमा हिंसात्मक प्रदर्शन जारी, पूर्व विदेशमन्त्री तथा अवामी लिगका नेता  विमानस्थलमा पक्राउ

    काठमाडौँ–  बङ्गलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सह–महासचिव हसन महमुदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी हिरासतमा राखिएको छ ।

    उहाँले देश छोड्न खोजिरहेका बेला अध्यागमन प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

    बङ्गलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत जानुभएको छ । अझै अशाान्त प्रदर्शन भइरहेको बङ्गलादेशमा सुरक्षाको माग गर्दै प्रहरीले नै हड्ताल शुरु गरेको छ । प्रहरीको हड्तालपछि ढाकाको प्रहरी चौकी, ट्राफिक र विमानस्थलको जिम्मेवारी बङ्गलादेशको अन्सार अर्थात अर्धसैनिक बललाई दिइएको छ ।

    अर्धसैनिकहरु स्वयंसेवकका रुपमा आन्तरिक सुरक्षाका लागि मुख्य सुरक्षा बलहरूसँग तैनाथ हुदै आएका थिए । बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका एक नेताको होटलमा प्रदर्शनकारीले आगो लगाउदा हिजो २४ जनाको ज्यान गएको थियो ।

    यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्लादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिनुभयो ।

    राष्ट्रसङ्घले प्रधानमन्त्रीको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने योजनासहित देशका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको राष्ट्रसङ्घको कार्यालयबाट निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend