Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ


२५, साउन २०८१
  • 193
    SHARES
  • बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ

    काठमाण्डौ – बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।

    उहाँले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा गएराति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

    अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुदाँ उहाँ फ्रान्सको राजधानी पेरिसमा हुनुहुन्थ्यो । हिजै मात्र ढाका फर्किएर उहाँले  सपथ ग्रहण गर्नुभएको हो । युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि हुनुहुन्छ ।

    शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बङ्गलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाउनुभएको हो ।

    हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लङ्घन गरेको भन्दै दर्जनौँ मुद्दा खेपेका युनुस बङ्गलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा भने विभिन्न सामाजिक अभियानहरुका कारण चर्चित र सम्मानित हुनुहुन्छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend