Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने


३०, साउन २०८१
  • 216
    SHARES
  • जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने

    टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

    किशिदा सन् २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । उनको तीन वर्षे कार्यकाल सेप्टेम्बरमा सकिँदैछ ।

    उनी चुनावी दौडबाट बाहिरिएसँगै पार्टीको नेताका लागि सेप्टेम्बरमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्ने नयाँ नेता प्रधानमन्त्रीको उत्तराधिकारी हुने अवसर मिल्नेछ किनभने संसदको दुवै सदनमा एलडीपीको बहुमत छ ।

    पार्टीको भ्रष्टाचार काण्डबाट आक्रान्त भएका किशिदाप्रतिको समर्थन दर २० प्रतिशतभन्दा तल झरेको छ ।

    उनले सेप्टेम्बरमा हुने मतदानमा भाग नलिने घोषणा गर्दै आफ्नो पार्टी देश हितका लागि परिवर्तन भइरहेको देखाउनका लागि नयाँ नेताको लागि अनुमति दिएका हुन् । किशिदाले नयाँ निर्वाचित नेतालाई समर्थन गर्ने बताए ।

    यस वर्षको सुरुमा भएको स्थानीय चुनावमा हारले उनको प्रभाव कमजोर बनेको र एलडीपीका सांसदहरूले आगामी आम निर्वाचनअघि नयाँ अनुहारको आवश्यकतामा आवाज उठाएका समय प्रधानमन्त्री किशिदाको यो निर्णय आएको हो ।

    भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि, किशिदाले धेरै मन्त्री र अन्यलाई पार्टी कार्यकारी पदबाट हटाएर पार्टीमा देखिएका गुट उपगुटहरू विघटन गरेका छन् ।

    यसलाई राजनीतिक वृत्तमा पैसाको लागि अनुकूल राजनीतिको स्रोतको रूपमा आलोचना गरिएको थियो । उनको नेतृत्वमा राजनीतिक कोष नियन्त्रण कानूनलाई कडा बनाउने कानून पारित भएको छ ।

    सुधारका कैयौँ प्रयासबीच पनि उनको नेतृत्वको सरकारप्रतिको समर्थन भने कम हुँदै गएको छ । - रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend