Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङलादेशले ७ देशका राजदूतलाई फिर्ता बोलायो


३२, साउन २०८१
  • 283
    SHARES
  • बङलादेशले ७ देशका राजदूतलाई फिर्ता बोलायो

    ढाका– बंगलादेशले अघिल्लो अवामी लिग सरकारले करारमा नियुक्त गरेका ७ राजदूतलाई तत्काल स्वदेश फर्कन निर्देशन दिएको छ ।

    जसमा वासिङ्टनका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसन, साउदी अरबका लागि राजदूत जावेद पटवारी, जापानका लागि राजदूत शाहबुद्दीन अहमद, जर्मनीका लागि राजदूत मोशर्रफ हुसेन भुइया, युएईका लागि राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलाम रहेका छन् ।

    परराष्ट्र मन्त्रालयले उनीहरूलाई आफ्नो वर्तमान जिम्मेवारी त्यागेर तुरुन्तै ढाकास्थित मुख्यालयमा फर्किन उनीहरूलाई छुट्टाछुट्टै सूचना पठाएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

    राजदूतबाहेक वासिङ्गटनमा फर्स्ट सेक्रेटरी वाहिदुज्जमान नूर र काउन्सिलर अरिफा रहमान रुमा, क्यानडाको ओटावामा काउन्सिलर अपर्णा रानी पाल र काउन्सिलर मोबाश्विरा फरजाना मिथिला र न्यूयोर्कमा थर्ड सेक्रेटरी असिब उद्दिन अहमदलाई पनि फिर्ता बोलाइएको छ ।

    अगस्ट ८ मा अन्तरिम सरकार गठन भएपछि बंगलादेशमा ठूलो प्रशासनिक फेरबदल भइरहेको बेला राजदुतहरुलाई फिर्ता बोलाएको हो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend