Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अमेरिकी राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता


४, भदौ २०८१
  • 124
    SHARES
  • अमेरिकी राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

    एजेन्सी - अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् ।

    रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

    न्यायिक समितिका प्रमुख जिम जोर्डनले अनुसन्धानबाट बाइडेनले निजी प्रयोजनका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको देखिएको बताउनुभएको छ । यद्यपि यसबारे बलियो प्रमाण भने रिपब्लिकनहरूसँग नभएको खबरमा उल्लेख छ ।

    अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान दिइरहेका छन् ।

    एजेन्सीहरूका अनुसार इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने र लोकतान्त्रिक संस्थाहरूमा असन्तुष्टि छर्ने काम गरिरहेको छ । चुनावी अभियानका क्रममा यही अगस्ट १० तारिखमा ट्रम्पको आन्तरिक सञ्चार ह्याक भएको थियो । तर एफबीआईको दावी इरानी अधिकारीहरुले अस्वीकार गर्दै आएका छन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend