Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतको दिल्लीमा बम आक्रमणको चेतावनीपछि सुरक्षा व्यवस्थामा कडाई


५, भदौ २०८१
  • 214
    SHARES
  • भारतको दिल्लीमा बम आक्रमणको चेतावनीपछि सुरक्षा व्यवस्थामा कडाई

    एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीमा रहेका विभिन्न सपिङ मलमा बम आक्रमणको चेतावनीपछि सुरक्षा सतर्कता बढाइएको छ ।

    दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।

    सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी गराएपछि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    विभिन्न मलहरुमा बम डिस्पोजल टोली र दमकल पुगेको छ । तर अहिलेसम्म बम फेला नपरेको दिल्ली प्रहरीले जनाएको छ । धम्की पत्र, प्रहरीमा आएको जानकारीलगायतलाई आधार बनाएर घटनाबारे अनुसन्धान भइरहेको छ ।

    यसअघि गुरुग्रामको एम्बियन्स मलमा गएको अगस्ट १७ तारिखमा पनि बम आक्रमणको धम्की आएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोष्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा दोषी पत्ता लगाएर कानुनी कारबाही गरिने जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend