Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशमा लगातारको वर्षा र बाढीका कारण २० जनाको ज्यान गयो


१०, भदौ २०८१
  • 197
    SHARES
  • बङ्गलादेशमा लगातारको वर्षा र बाढीका कारण २० जनाको ज्यान गयो

    काठमाण्डौ –  बङ्गलादेशमा अविरल मनसुनी वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको ज्यान गएको छ । ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

    विशेष गरी दुर्गम क्षेत्रहरूमा बाढीका कारण धेरैलाई खाना, सफा पानी, औषधि र लुगाको तत्काल आवश्यकता परेको तर सडक अवरुद्ध भएकाले उद्धार र राहतमा समस्या भइरहेको बङ्गलादेशको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    गएराति मध्यरातमा आएको बाढीले राजधानी ढाकाका ग्रामीण क्षेत्रसहित ११ जिल्ला प्रभावित भएका छन् । बङ्गलादेशका केही मानिसहरूले छिमेकी भारतमा बाँधका ढोकाहरू खोल्दा बाढी आएको आरोप लगाएका छन् । तर नयाँ दिल्लीले भने बङ्गलादेशको दाबी अस्वीकार गरेको छ ।

    बङ्गलादेशको मौसम विभागले पानीको सतह नघटेकाले वर्षा नरोकिएमा बाढीको जोखिम कायमै रहेने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहेर सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।

    विश्व बैंक इन्स्टिच्युटले सन् २०१५ मा गरेको एक विश्लेषणले विश्वको सबैभन्दा जलवायु जोखिममा रहेका देशहरू मध्येको एक बङ्गलादेशमा ३५ लाखभन्दा धेरै मानिस वार्षिक रुपमा बाढीको जोखिममा रहेको अनुमान गरेको थियो । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विनाशकारी प्राकृतिक प्रकोपका घटना बढेको बताएका छन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend