Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

उच्च प्रदूषणका कारण बङ्गलादेशीको औसत आयु ५ वर्षसम्म घट्ने


१३, भदौ २०८१
  • 174
    SHARES
  • उच्च प्रदूषणका कारण बङ्गलादेशीको औसत आयु ५ वर्षसम्म घट्ने

    बङ्गलादेश - बङ्गलादेशमा प्रदुषणले नागरिकको औसत आयु झण्डै ५ वर्षले घटाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ । विश्वको सबैभन्दा प्रदूषित देश बङ्गलादेशमा औसत व्यक्ति चार दशमलव आठ वर्ष कम बाँच्ने वायुको गुणस्तरबारे अनुगमन गर्ने एयर क्वालिटी लाइफ इन्डेक्सले निकालेको प्रतिवेदनमा उल्लेख छ ।

    बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पिएम २.५) ले यी मानव श्वासप्रश्वास प्रणालीमा समस्या निम्त्याइरहेको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । पिएम २.५ भन्नाले २.५ माइक्रोन वा योभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ ।

    यी कण धुलो, तुफान, डढेलो, कोइला जलाउँदा वा कृषिजन्य कार्यजस्ता मानव गतिविधिले गर्दा उत्पन्न हुन्छ । बङ्गलादेशको राजधानी ढाका नजिकै गाजीपुर र नरसिङदी जिल्लामा वायु प्रदूषण उच्च छ । प्रदूषणले त्यहाँका मानिसको ६ वर्षभन्दा धेरै उमेर घटाइरहेको प्रतिवेदनमा उल्लेख छ ।

    वार्षिक औसत कण प्रदूषण डब्ल्यूएचओले निर्देश गरेकोभन्दा धेरै रहेको क्षेत्रमा बङ्गलादेशका १६ करोड ६४ लाख मानिस बस्दछन् । देशको ९६ दशमलव आठ प्रतिशत जनसङ्ख्या ३५ माइक्रोग्राम प्रतिघनमिटरको आफ्नो राष्ट्रिय मानक पूरा नगर्ने क्षेत्रमा बस्ने गरेका छन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend