Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गाजामा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न इयूको आह्वान


१४, भदौ २०८१
  • 120
    SHARES
  • गाजामा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न इयूको आह्वान

    काठमाडौं  युरोपेली सङ्घ (इयू) ले इजरायलको गाजा पट्टीमा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न आह्वान गरेको छ । गाजा पट्टीमा गएको महिनामा मात्र २५ वर्षपछि पोलियोको सङ्क्रमण देखा परेको थियो । संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले आउँदो हप्ता गाजाका सबै क्षेत्रमा  दुई वटा खोप अभियानको योजना बनाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएकाछन् । अभियान अन्तर्गत ६ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरस (सिभिडिपिभी २) विरुद्ध मौखिक खोप उपलब्ध गराउने लक्ष्य रहेको छ ।

    गएको अक्टोबरदेखि इजरायली सेना र विद्रोही समूह हमासबीच गाजामा दश महिनाभन्दा धेरैको युद्ध र विस्थापन, कुपोषण, आधारभूत स्वास्थ्य सेवाको अभाव र सरसफाइको कमी लगायतका कारण पहिलादेखि नै कमजोर भइसकेको जनसङ्ख्यालाई फेरि फैलिन सक्ने सम्भावित महामारीबाट जोगाउन आवश्यक रहेको इयूले जनाएको छ ।

    राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख विस्थापितमध्ये आधाभन्दा धेरै बालबालिका रहेका छन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend