Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जापानमा पछिल्लो ६ महिनामा ३७ हजार भन्दा धेरै मानिस मृत फेला


१६, भदौ २०८१
  • 172
    SHARES
  • जापानमा पछिल्लो ६ महिनामा ३७ हजार भन्दा धेरै मानिस मृत फेला

    एजेन्सी - जापानमा पछिल्लो ६ महिनामा ३७ हजार जना भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला परेका छन् ।

    जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन् । मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथि उमेर समूहका छन् ।

    झण्डै ४० प्रतिशतको शव एक दिन भित्रै भेटिएको थियो । तीन हजार तीन सय ९३ जनाको शव एक महिनापछि फेला परेको र एक सय ३० जनाको ज्यानगएकोमा एक वर्षपछि मात्रै थाहा भएको जापानको राष्ट्रिय पुलिस एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    जापानमा वृद्धवृद्धाहरुको सङ्ख्यासँगै घरमा एक्लै बस्ने र एक्लै ज्यान जानेको दर बढिरहेको जापानी प्रहरीको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसङ्ख्या छ । वृद्धावस्थासँगै एक्लोपन गम्भीर समस्याका रुपमा देखा परेको छ ।

    जापानी राष्ट्रिय जनसङ्ख्या संस्थानले देशमा सन् २०५० सम्ममा ६५ वर्ष या त्योभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या एक करोड ८ लाख पुग्ने अनुमान् गरेको छ । सन् २०२० को तथ्याङ्कअनुसार जापानमा एक्लै बस्ने जनसङ्ख्या ३८ प्रतिशत रहेको छ ।

    यो सङ्ख्या सन् २०३३ मा ४४ प्रतिशत भन्दा धेरै हुने अनुमान् छ । सन् २०३३ मा जापानमा प्रतिपरिवारमा सदस्य सङ्ख्या औषतमा दुई जना भन्दा कम हुने अनुमान् छ । यसको मुख्य कारण कारण विवाह नगर्नेको सङ्ख्या, जन्मदरमा आएको गिरावट र वृद्धवृद्धाको सङ्ख्या बढ्नु हो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend