Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हमासले बन्धक बनाएकाहरुको रिहाइको माग गर्दै इजरायलमा जनप्रदर्शन


१७, भदौ २०८१
  • 117
    SHARES
  • हमासले बन्धक बनाएकाहरुको रिहाइको माग गर्दै इजरायलमा जनप्रदर्शन

    काठमाडौं– इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । तेल अभिभ र जेरुसेलममा बन्दकको समर्थनमा हजारौँ मानिसहरु सडकमा आएर उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।

    उनीहरूले गाजामा बन्धक बनाएकाहरूलाई फिर्ता ल्याउन विद्रोही समूह हमाससँग सम्झौता गर्न सरकारलाई आग्रह गर्दै जेरुसेलममा रहेको प्रधानमन्त्रीको कार्यालयबाहिर नारा लगाउँदै विरोध गरेका बीबीसीले जनाएको छ ।

    यसैबीच, गाजामा बन्धकहरूको रिहाईका लागि  इजरायली सरकारलाई दबाब दिन उनीहरुका परिवार तथा आफन्तले आज राष्ट्रव्यापी हड्तालको आह्वान गरेका छन् । बन्धक तथा बेपत्ता परिवार मञ्चले सबै नागरिकलाई हड्ताल सफल बनाउन सहयोग गर्न अपिल गरेको छ ।

    तेल अभिभका मेयर रान हुलदाईले आम हड्तालको समर्थन गर्दै प्रदर्शनमा सहभागी हुने बताउनुभएको छ । हमासले बन्धक बनाएका मध्य ६ जनाको शव हिजो बरामद भएपछि अरु बन्धकको अवस्था सार्वजनिक गर्न र उनीहरुलाई जतिसक्दो छिटो रिहाइका लागि पहल गर्न नागरिकहरुले प्रदर्शन शुरु गरेका हुन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend