Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायली प्रधानमन्त्री नेतान्याहुले बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी मागे


१८, भदौ २०८१
  • 122
    SHARES
  • इजरायली प्रधानमन्त्री नेतान्याहुले बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी मागे

    काठमाण्डौ –इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी माग्नुभएको छ । विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सबैलाई रिहाइका लागि पहल गर्न र दबाब दिन भन्दै देशभर आन्दोलन र विरोध प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको यस्तो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।

    उहाँले युद्धविरामका लागि प्रयास गरिरहेको तर युद्धविराम गर्न ढिला भइरहेकामा अरु बन्धकहरुको पनि आफन्तलाई शव पठाइदिने भन्दै हमासले  चेतावनी दिएको बताउनुभयो । बेलायतले उपकरण तथा हातहतियार जथाभावी प्रयोग भइरहेकाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जोखिमलाई ध्यानमा राखेर इजरायललाई केही हतियार बिक्री गर्न बन्द गरेको थियो ।

    यस कदमले पनि इजरायललाई युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भएको मानिन्छ । तर इजरायलका प्रधानमन्त्रीले गाजाको एक क्षेत्र सेनाको नियन्त्रणमा रहनुपर्ने अडान राखेकाले हमाससँगको पटकपटकको वार्ता असफल हुँदै आएको छ ।

    यही क्रममा गएको अक्टोबरदेखि शुरू भएको युद्धका क्रममा बन्धक बनाइएकालाई फिर्ता गर्न सरकारले आवश्यक पहल नगरेको भन्दै आफन्त लगायतले देशव्यापी विरोध प्रदर्शन चर्काएका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend