Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पाकिस्तानमा पोलियो कार्यकर्ता र प्रहरीको हत्या


२७, भदौ २०८१
  • 238
    SHARES
  • पाकिस्तानमा पोलियो कार्यकर्ता र प्रहरीको हत्या

    काठमाण्डौ –  पाकिस्तानमा बालबालिकालाई पोलियो खोप लगाउने अभियानका क्रममा पोलियो कार्यकर्ता र प्रहरीको हत्या भएको छ ।

    लाखौँ बालबालिकालाई खोप दिने पछिल्लो कार्यक्रम चलिरहेको अवस्थामा उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीहरूले हिजो उनीहरुको हत्या गरेका प्रहरीले बताएको छ ।

    विश्वमा पाकिस्तान र अफगानिस्तानमा पोलियोको प्रभावकारी खोपको बावजुद महामारी कायमै छ । विद्रोहीहरूले एक दशकभन्दा बढी अवधिमा सयौँ अधिकारी र पोलियो कार्यकर्ताको हत्या गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    अफगानिस्तानको सिमानामा रहेको बाजौर जिल्लामा आक्रमण भएको हो । एक हप्तासम्म चल्ने खोप अभियान कार्यक्रमको तेस्रो दिन आक्रमण भएको हो । अहिले बाजौर जिल्लाको केही भागमा खोप अभियान रोकिएको छ ।

    प्रहरी अधिकारीहरू नियमित रूपमा अशान्त क्षेत्रहरूमा घर–घर जाने पोलियो कार्यकर्ताहरूको सुरक्षाका लागि तैनाथ हुन्छन् तर पनि आपराधिक समूहबाट उनीहरू माथि आक्रमण भइरहने गरेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend